गुठीचौर गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

जुम्लाको गुठीचौर गाउँपालिकाले एकल पुरुष (विदुर)लाई भत्ता दिने भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्ष ०७८/७९ मा ‘एकल पुरुष भत्ता’ दिने भएको हो।

गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार ४१ वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई (विदुर) भत्ता प्रदान गर्ने निर्णय गरिएको हो। उनले भने, ‘मासिक दुई हजार रुपैयाँ विदुर भत्ता दिने निर्णय गरेका छौँ। यसका लागि सात लाख बजेटको व्यवस्थापन गरिएको छ। पछि अपुग बजेट थप गर्ने छौँ।’

नेपाल सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ। गुठीचौर गाउँपालिकाले भने यसबाहेक थप एकल पुरुष (विदुर) भत्ता प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए। गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त आहारा हर्लिक्स, कुखुरा र अन्डा पनि वितरण गर्दै आएको छ।

See More On

सुझावित समाचार