प्रधानन्यायाधीशविरुद्ध महाभियोगको ग्राउन्ड तयार भइसक्यो : वरिष्ठ अधिवक्ता श्रेष्ठ

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा संविधानअनुसार नै मागिएको बताएका छन्। नेपाल बार एसोसिएसनको सल्लाहकार समिति बैठकमा सुझाबपछि उनले यस्तो बताएका हुन्।

'राजीनामाको आधार तयार भइसकेको छ। संविधानबाहिर गएर राजीनामा मागिएको होइन,' उनले भने, 'जति ढिला गर्यो उहाँको व्यक्तित्व त्यति क्षीण हुन्छ। महाअभियोगको ग्राउन्ड पनि तयार भइसकेको छ।' बारले इजलास बहिष्कारदेखि अहिलेसम्मका फैसलाको  लिगल अडिटसम्मका  निर्णय लिन सक्ने उनले बताए।

सुझावित समाचार