बागमती प्रदेश सरकारले सञ्चालनमा ल्यायो ‘बागमती कानुन’ एप

बिहिबार, ४ कार्तिक, २०७८
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले बागमती कानुन एप सञ्चालनमा ल्याएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एप सञ्चालनमा ल्याएको हो। आज बिहीबार आन्तरिक मामिलामन्त्री डा. अजयक्रान्ति शाक्यले एपको उद्घाटन गरेका हुन्।

मन्त्रालयका अनुसार एपमा संविधान, संघीय कानुन, प्रदेश सरकारका तर्फबाट तयार भएका कानुन समावेश गरिएका छन्। साथै एपमा पुराना कानुन, राजपत्रलगायत कानुनी समाचारहरूलाई समेत समावेश गरिएको छ।

सुझावित समाचार