सरकारले पूर्णता नपाएकोमा उपसभापति निधिको असन्तुष्टि

शनिबार, १६ असोज, २०७८
डिजिटल संस्करण

सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निधिले असन्तुष्टि जनाएका हुन् ।

८१ दिन बित्दासमेत सरकारले पूर्णता नपाएकोमा दुःख व्यक्त गर्दै उनले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठबन्धनका नेताहरूलाई आग्रह गरे। 

‘८१ दिन भो, गठबन्धनको तर्फबाट सरकार बनेको । तर, गठबन्धनबीच सहमति नभएको कारण हाम्रै पार्टीका सभापति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन। मन्त्रिमण्डलले अझै पूर्णता नपाउनु भनेको यो साह्रै चिन्ता र दुःखको विषय हो,’  निधिले भने।

निधिले सरकारले पूर्णता पाउन अझै नसकेको विषयले सत्तारुढ गठबन्धन चुनावसम्म मिलेर अघि बढन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गरे।

सुझावित समाचार