अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्चले दियो सफाइ

शुक्रबार, १५ असोज, २०७८
डिजिटल संस्करण

अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्च अदालतले सफाइ दिएको छ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको इजलासले मागदाबी नपुग्ने भन्दै सफाइ दिएको हो। 

पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको थियो। प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै उनीहरूले विज्ञप्ति जारी गरेका थिए। अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै उनीहरूविरुद्ध मुद्दा परेको थियो।
 
 

See More On

सुझावित समाचार