धनुषामा आमाछोराको शव पोखरीमा भेटियो

सोमबार, ४ असोज, २०७८
डिजिटल संस्करण

धनुषामा आमा र छोराको शव पोखरीमा फेला परेको छ। धनुषाधाम नगरपालिका– २ धर्मपुर बस्ने अशोक सिंहकी श्रीमती २८ वर्षीया अर्चना सिंह र चार वर्षीय छोरा कुशकुमार सिंहको शव घरनजिकैको पोखरीमा फेला परेको हो।

सोमबार बिहानै स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव पोस्टमार्टमका लागि जनकपुरधाम प्रादेशिक अस्पताल लैजाने तयारी गरिरहेको छ । 

प्रहरीले अर्चनाका आफन्तहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

See More On

सुझावित समाचार