धादिङमा ५ किलो चरेससहित एक व्यक्ति पक्राउ

बुधबार, ३० भदौ, २०७८
डिजिटल संस्करण

धादिङको धुनीबेँसी नगरपालिका–६ नौबिसेस्थित सडकबाट करिब ५ किलो अवैध लागुऔषध चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा सुखिपुर नगरपालिका–२ बस्ने १९ वर्षीय अर्जुन यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हिँडिरहेकाे अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा १० वटा प्याकेटमा रहेको उक्त परिमाणको चरेस फेला परेको प्रहरीले बताएको छ। 
 

See More On

सुझावित समाचार