अफगानिस्तानमा रहेका नेपालीको उद्धार र सहयोगमा सरकार गम्भीर छ : प्रधानमन्त्री

सोमबार, ३२ साउन, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकार गम्भीर रहेको बताएका छन्। सोमबार ट्विट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन दिइसकेको बताएका छन्। 

सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको उनको भनाइ छ। ‘सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ,’ उनले भनेका छन्।
 

See More On

सुझावित समाचार