कांग्रेस महाधिवेशन मंसिर ९–१३ मा हुने

शनिबार, ३० साउन, २०७८
डिजिटल संस्करण

प्रमुख सत्तारुढ दल कांग्रेसको १४औँ महाधिवेशन तीन महिना पर धकेलिएको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महाधिवेशन आगामी मंसिरको ९ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए । बैठकले तल्ला तहको अधिवेशन भने भदौ १८ गतेदेखि नै सुरु गर्ने भएको छ । 

उनका अनुसार भदौ १८ गते वडा अधिवेशन, २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, ५ गते प्रतिनिधिसभा क्षेत्रीय समिति र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन र १० गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ । 

सहमहामन्त्री प्रकाशसरण महतले भदौ १८ बाट तल्लो तहको अधिवेशन गर्ने र मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको नयाँ पत्रिकालाई जानकारी दिए ।

आगामी असोज २३ गते कांग्रेसको वैधानिक कार्यकाल सकिँदै छ । पार्टीको वैधानिकता पनि जोगिने र महाधिवेशनका लागि समेत हतारो नहुने गरी मंसिरका लागि कार्यतालिका ल्याइएको नेताहरूको भनाइ छ । कांग्रेसले यसअघि भदौको १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो ।

महाधिवेशनको नयाँ कार्यतालिका

क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने २०७८–५–२

निर्वाचन निर्देशिका बुझाउने २०७८–५–२

वडा अधिवेशन २०७८–५ – १८

गाउँ–नगरपालिका २०७८–५– २७

प्रदेश क्षेत्र क–ख २०७८–६–१

संघीय निर्वाचन क्षेत्र २०७८–६–५

जिल्ला २०७८–६–१०

प्रदेश २०७८–७–१० देखि १२

केन्द्रीय २०७८–८– ९ देखि १३

सुझावित समाचार