जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

शनिबार, १६ साउन, २०७८
डिजिटल संस्करण

उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता चुनिएका छन् । शनिबार सिंहदरबारको संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यादवलाई दलको नेता चयन गरेको हाे । 

जसपाका नेता महेन्द्र राय यादवको समर्थन र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्तावमा यादव संसदीय दलको नेता चुनिएका हुन् । 

बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रिय सभाका दुई सांसद उपस्थित थिए ।

निर्वाचन गराउनसमेत तयार रहेपनि सहमतिमै नेता चयन भएको निर्वाचन समितिका नवराज सुवेदीले जानकारी बताए । निर्वाचन समितमा सुवेदीसँगै सुशीला श्रेष्ठ र रमेशप्रसाद यादव थिए ।

सुझावित समाचार