निर्वाचन आयोगले दियो उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता (भिडियोसहित)

सोमबार, ११ साउन, २०७८
डिजिटल संस्करण

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले आधिकारिकता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले महन्थ ठाकुर पक्षलाई दल दर्ताको अवसर दिएको छ । 

आधिकारिताबारे निर्णय लिन आयोगले जसपाका दुवै पक्ष (यादव र ठाकुर)लाई बोलाएको थियो । यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए । रेशम चौधरी भने तटस्थ बसेका थिए । डिल्लीबजार कारागारमा रहेका चौधरीलाई आयोगमा उपस्थित गराइएको थियो ।

उपेन्द्र-बाबुराम पक्ष
१. उपेन्द्र यादव 
२. डा. बाबुराम भट्टराई
३. अशोक राई 
४. महेन्द्रराय यादव 
५. राजकिशोर यादव 
६. गोविन्द चौधरी 
७. मृगेन्द्रकुमारसिंह यादव 
८. नवलकिशोर साह 
९. अमृतादेवी अग्रहरि 
१०. रामनरेश राय यादव 
११. राजेन्द्रप्रसाद श्रेष्ठ 
१२. नवराज सुवेदी 
१३. परशुराम खापुङ 
१४. युवराज कार्की 
१५. रकम चेम्जोङ 
१६.रेणुकमारी यादव 
१७. मो.लालबाबु राउत 
१८. हिसिला यमी 
१९. हेमराज राई 
२०. गंगानारायण श्रेष्ठ 
२१. रणध्वज कन्दङ्वा 
२२. रामसहायप्रसाद यादव 
२३. डम्मरुबल्लभ खतिवडा 
२४. प्रकाश अधिकारी 
२५. मो. इस्तियाक राई 
२६. दुर्गा सोब 
२७. परशुराम बस्नेत 
२८. प्रशान्त सिंह 
२९. भक्तबहादुर शाह 
३०. सुशीला श्रेष्ठ 
३१. विजयकुमार यादव 
३२. रमेशप्रसाद यादव 
३३. गजाधर रोहिता यादव 
३४. मनीषकुमार सुमन 

महन्थ ठाकुर पक्ष 
१. महन्थ ठाकुर 
२.राजेन्द्र महतो 
३ .शरत्सिंह भण्डारी 
४ .अनिलकुमार झा 
५. सर्वेन्द्रनाथ शुक्ल 
६. वृषेशचन्द्र लाल 
७. जितेन्द्रप्रसाद सोनार 
८. उमाकान्त झा 
९. चन्दा चौधरी 
१०. लक्ष्मणलाल कर्ण 
११. राजकुमार लेखी 
१२. केशवकुमार झा 
१३. अकवाल अहमद साह 
१४. दानबहादुर विश्वकर्मा 
१५. सुनीलकुमार झा
१६. निर्जला राउत 

तटस्थ
रेशम चौधरी

सुझावित समाचार