वामदेव गौतम भन्छन्– राजेन्द्र महतोको मुक्ति आन्दोलनबारे केपी ओलीको अनभिज्ञताले आश्चर्यचकित भएँ

शनिबार, २२ जेठ, २०७८
डिजिटल संस्करण

एमाले नेता वामदेव गौतमले उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा प्रधानमन्त्री केपी ओलीले अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्यचकित भएको बताएका छन् ।

गौतमले शनिबार प्रेस नोट जारी गरी भनेका छन्, ‘राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री ओलीले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्यचकित भएको छु ।’

महतोले संविधानको मर्मविपरीत कार्य गर्नेछैन भनी शपथग्रहण गरेको आधा घन्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आपूmले अहिले पनि सञ्चालन गरिरहेको अन्तर्वार्ता सुन्दा अत्यन्त दुःखी भएको गौतमले बताएका छन् । गौतमले भनेका छन्, ‘नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौँ विशेषतासहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ, अनेकौँ विशेषतासहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो ।’
 

सुझावित समाचार