देउवानिवासमा विपक्षी गठबन्धनका शीर्ष नेताकाे बैठक

आइतबार, १६ जेठ, २०७८
डिजिटल संस्करण
देउवानिवासमा विपक्षी गठबन्धनका शीर्ष नेताकाे बैठक

फाइल तस्बिर

कामचलाउ सरकारले अध्यादेशमार्फत पूर्ण बजेट ल्याएपछि विपक्षी गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।

बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सर्वोच्च अदालतमा परेको रिटमाथि आजैदेखि बहस हुने विषयमा समेत छलफल हुनेछ । समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउन शीर्ष नेताहरूको बैठक बसिरहेको एक नेताले जानकारी दिए । 

बैठकमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, सचेतक पुष्पा भुसाल र राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारी सहभागी छन् । 

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा र देव गुरुङ छन् । यस्तै, एमालेकाे खनाल-नेपाल पक्षबाट नेता माधवकुमार नेपाल र भीम रावल तथा जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् । 

See More On

सुझावित समाचार