२४ सयमा टेवा खोज्दै नेप्से

सोमबार, २ चैत, २०७७
डिजिटल संस्करण

साताको पहिलो दिन घटेर नेप्सेले फेरि एकपटक २ हजार ४ सयको बिन्दुमा टेवा परीक्षण गर्न थालेको छ । केही दिनदेखि लगातार घटेको नेप्से आइतबार २ हजार ४ सय ७ बिन्दुमा आइपुगेको हो । यसअघि १९ माघमा नेप्सेले २ हजार ४ सय ८ बिन्दुमा टेवा पाएर फर्किएको थियो । 

बैंकहरूमा घट्दै गएको तरलता, नेप्सेमा प्रक्षेपित करेक्सनलगायतका कारण लगानीकर्ताले सेयर बिक्री बढाएका हुन् । लगानीकर्ता राधा पोखरेल राजनीतिक अस्थिरता, बैंकमा देखिन थालेको अधिक तरलतामा सुधारका कारण बजार करेक्सनमा देखिएको हुन सक्ने बताउँछिन् । यद्यपि, लगानीकर्ता आत्तिहाल्नुपर्ने अवस्था आइनसकेको पोखरेलको दाबी छ । 
साताको पहिलो दिन नेप्से परिसूचक ५१ अंकले घट्दा ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स पनि १० अंकले घटेको छ । आइतबार कारोबारमा आएका १३ समूहरूमध्ये २ वटा समूहको सूचक मात्र बढेको छ । यस दिन सबैभन्दा धेरै  होटेल तथा पर्यटन र हाइड्रोपावरको समूहगत सूचक बढेको छ । त्यसैगरी, बैंकिङ क्षेत्र १ दशमलव ८३ प्रतिशत र ट्रेडिङ क्षेत्र ५ दशमलव ४१ प्रतिशतले सूचक घटेको छ ।

आइतबार २ सय ११ किसिमका धितोपत्र र ऋणपत्रका ९९ लाख कित्ता–इकाइ किनबेच हुँदा ४ अर्ब ९५ करोड २७ लाख रुपैयाँ कारोबार भएको छ । यस दिन पनि चन्द्रागिरि हिल्स ९ दशमलव ९५ प्रतिशत बढेर सर्किट लागेको छ । त्यस्तै, अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेड पनि यस दिन ९ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ । यस दिन हिमालयन पावर पार्टनर लिमिटेड ९ दशमलव ८६ प्रतिशतले घटेको छ । त्यसैगरी, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड रहेका छन् । यस दिन उक्त कम्पनीको ७ दशमलव ९५ प्रतिशत घटेको छ ।

यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा पनि अपर तामाकोसी हाइड्रोपावर कम्पनी रहेको छ । सो दिन कम्पनीको ४४ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । यस बैंकको २७ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । 

See More On

सुझावित समाचार