जिपको ठक्करबाट बालकको मृत्यु

बुधबार, ५ फागुन, २०७७
डिजिटल संस्करण

कर्णाली करिडोरअन्र्तगत कालिकोट रास्कोट नगरपालिका– ६ सान्निघाट बजारमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बाजुराबाट कालिकोटको लालिघाटतर्फ आउँदै गरेको मे.१ज११४९ नम्बरको जिपले दिँदा स्थानीय गोविन्द सिम्खडाका ३ वर्षीय छोरा मनोज सिम्खडाको मृत्यु भएको हो । 

सडकमा खेलिरहेका बालकलाई जिपले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको अस्थायी प्रहरी पोस्ट सान्निघाटबाट प्रहरी सहायक निरीक्षक रमेश महतराले बताए । 

जिपचालक ३५ वर्षीय उमाकान्त पाठक प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार