घरायसी विवादमा कुटपिट हुँदा पाँचजना घाइते

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– १२  मोतीपुरमा दुई पक्षबीच कुटाकुट हुँदा पाँचजना घाइते भएका छन् ।गैँडाकोट प्रहरीका अनुसार मोतीपुरनिवासी आशिष बरालको टोली र सोही स्थानका ३२ वर्षीय होमबहादुर विकको टोलीबीच झगडा भएको हो ।

कुटपिटमा परी १७ वर्षीय गम्भीर विरकट्टा गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । त्यसैगरी, २१ वर्षीय तुल्सन बरालको आँखा, हात र ढाडमा चोट लागेको छ । त्यसैगरी २९ वर्षीय भुवन बरालको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । 

२३ वर्षीय सन्तोष थापा र ३२ वर्षीय होमबहादुर विकको अवस्था सामान्य रहेको छ । कुटपिटमा संलग्न  आशिष बराली र २४ वर्षीय प्रभु सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार