ओली समूहको जुलुस पञ्चर्‍यालीजस्तै : प्रचण्ड

शुक्रबार, २३ माघ, २०७७
डिजिटल संस्करण

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली समूहको जनप्रदर्शनलाई पञ्चर्यालीको संज्ञा दिएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा प्रचण्डले पञ्चहरूले जस्तै ओलीले प्रतिगामी कदम चालेर पञ्चर्यालीको आयोजना गरेको आरोप लगाए ।  

‘पञ्चायतमा पनि ठूलाठूला र्याली हुन्थे, त्यतिवेला हामीले सत्य, न्याय र समानताका पक्षमा लडेका थियौँ, अहिले ओली पनि त्यस्तै पञ्चर्याली गरिरहेका छन्, हामी संविधान र लोकतन्त्रका पक्षमा लडिरहेका छौँ,’ प्रचण्डले भने ।

उनले निर्वाचन आयोगले संविधान र कानुनअनुसार निर्णय गर्ने विश्वास व्यक्त गर्दै अन्यथा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताए । ‘जनताले सबै सेटिङ भत्काउँछन् । त्यसपछि के हुन्छ, भन्न सक्दिनँ,’ उनले भने  । 

प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल जारी रहेकाले छिट्टै संयुक्त जनआन्दोलन सुरु हुने पनि बताए । उनले विगतमा भएका त्रुटि र कमजोरीहरू तथा प्रतिबद्धताहरू समेटेर छिट्टै श्वेतपत्र सार्वजनिक गर्ने तयारी भइरहेको पनि जानकारी गराए ।

See More On

सुझावित समाचार