सिन्धुलीमा ग्लोबल आइएमईको शाखा

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण

सिन्धुलीमा ग्लोबल आइएमई बैंक लिमिटेडले शाखा सञ्चालनमा ल्याएको छ । शाखाको जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदार तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहमा संयोजक तिवारीले ग्लोबल आइएमई बैंकले साना किसान तथा व्यवसायीहरूका लागि उत्थानका कार्यक्रमहरू ल्याउनुपर्ने बताएको बैंकले जनाएको छ । बैंकले स्थानीय सरकार, साना व्यवसायी तथा कृषकहरूसँग समन्वय गरेर काम गर्नसमेत तिवारीले सुझाब दिएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले ग्लोबल आइएमई बैंक मुलुककै उत्कृष्ट बैंकका रूपमा स्थापित हुने गरी काम गर्न सुझाब दिएको बैंकले जनाएको छ । 

बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले बैंकले नेपाल सरकारको नीति तथा कार्यक्रमहरूलाई पालना गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताएको जनाइएको छ । अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ सेवा प्रदान गर्ने ढकालले उल्लेख गरेको बैंकले जनाएको छ । 


उक्त अवसरमा अध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट सात थान कम्प्युटरसमेत हस्तान्तरण गरेको जनाइएको छ । बैंकले देशका ७४ जिल्लामा २ सय ६७ शाखा २ सय ४० एटिएम, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २ सय ४५ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार