प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता

सोमबार, १९ माघ, २०७७
डिजिटल संस्करण

नेकपाको प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध  सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता समीर हायूले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको दाबी गर्दै दर्ता गरिएको निवेदनको पेसी मंगलबारका लागि तोकिएको छ । निवेदनमा विराटनगरको आमसभामा अदालत र संसद्को विषयलाई लिएर प्रचण्डले दिएको अभिव्यक्तिलाई आधार बनाइएको छ ।
 

सुझावित समाचार