प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

मंगलबार, १३ माघ, २०७७
डिजिटल संस्करण
प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

फाइल तस्बिर

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १९ माघमा भ्रातृ संस्था, २४ माघमा शुभेच्छुक र ३० माघमा ७७ वटै जिल्ला कार्यसमितिले प्रदर्शन गर्ने निर्णय गरेको हो । 

काठमाडौं उपत्यकाका तीन जिल्लाको भने संयुक्त रूपमा प्रदर्शन र सभा हुने कांग्रेसले जनाएको छ । कांग्रेसले यसअघि पनि चरणवद्ध रुपमा विरोध कार्यक्रम गरेको थियो । 

यस्तै बैठकले अधिवेशन हुन बाँकी भ्रातृ संगठनको म्याद ६ महिना थप्ने निर्णय पनि गरेको छ । 

सुझावित समाचार