स्रोत नखुलेकाे ३१ लाख ८९ हजार नेपाली रुपैयाँसहित एक पक्राउ

आइतबार, २६ पुष, २०७७
डिजिटल संस्करण

सिराहाको दक्षिणी सीमावर्ती लगडीगोठबाट स्रोत नखुलेको ३१ लाख ८९ हजार नेपाली रुपैयाँसहित  प्रहरीले एकजनालाई शनिबार राति पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा पुगेको नेपाल प्रहरीकाे टोलीले सीमावर्ती भारतीय बजार जोगियाबाट आउँदै गरेका सिराहा नगरपालिका– २२ घर भई सिराहा नगरपालिका- ७ मा बस्दै आएका ४३ वर्षीय शिवनाथ यादवलाई जाँचका क्रममा स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।

स्रोत नखुलेका पाँच सय र एक हजार दरका नेपाली नोट ३१ लाख ८९ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी उमाशंकर पञ्जियारले जानकारी दिए । पक्राउ परेका यादवलाई स्रोत नखुलेका रकमसहित थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ललितपुर पठाइएको एसपी पञ्जियारले बताए ।

भारतीय बजारमा सटहीको कारोबार गर्नेहरू नेपाली रुपैयाँ नेपाल पठाउन जिल्लाको विभिन्न ग्रामीण रुटको प्रयोग गर्छन् । भारतीय बजारमा एक हजार नेपाली रुपैयाँबराबर ६ सय १० रुपैयाँ भारुमा सटही गरिन्छ । एक हजारमा भारु १५ रुपैयाँ (२४ रुपैयाँ नेपाली) सटही गरेबापत कमिसन लिने गर्छन् । 
   

See More On

सुझावित समाचार