भारतमा आगामी शनिबारदेखि कोभिड– १९ विरुद्धको खोप अभियान

आइतबार, २६ पुष, २०७७
डिजिटल संस्करण

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आगागी १६ जनवरी (३ माघ) देखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुने जनाएको छ । अभियानको सुरुमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका तीन करोड व्यक्तिलाई खोप दिइनेछ । 

पहिलो चरणको खोप अभियान सकिएपछि दोस्रो प्राथमिकतामा ५० वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाइने मन्त्रालयले भनाइ छ । त्यसपछि ५० भन्दा कम उमेरका व्यक्ति जो पहिलादेखि नै कुनै रोगका कारण पीडित भएकालाई खोप दिइनेछ । यस्ता व्यक्तिको संख्या भारतमा करिब २७ करोड भएको मन्त्रालयको अनुमान छ । 

मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार ड्रग्स कन्ट्रोल जनरल अफ इन्डियाले अनुमति दिएको दुई वटा भ्याक्सिन कोभिसिल्ड र को–भ्याक्सिन अभियानमा प्रयोग गरिनेछ । 

सुझावित समाचार