भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले पहिलो चरणमा भारतका तीन कारोड मानिसलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिने बताएका छन् । नयाँ दिल्लीस्थित जिटिबी अस्पतालमा आयोजित कार्यक्रममा उनले दिल्लीसहित भारतभरका सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध हुने बताएका छन् ।
उनले ट्विटरमार्फत पहिलो चरणमा एक करोड स्वास्थ्यकर्मी र दुई करोड अन्य फ्रन्टलाइनरलाई खोप उपलब्ध हुने पनि जानकारी दिए । उनले भनेका छन्, ‘कोभिड भ्याक्सिन तयार भई अन्तिम क्षणको पर्खाइमा रहेकाे छ । जसरी निर्वाचनका वेला चिर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण दिइन्छ, त्यसैगरी स्वास्थ्यकर्मीलाई पनि प्रशिक्षण दिइएको छ ।’ उनले अन्य व्यक्तिलाई खोप लगाउनेबारेमा भने आगामी जुलाई महिनासम्ममा निर्णय भइसक्ने बताएका छन् ।