विमलसहित १४ खेलाडी बाहिरिए

शनिबार, १८ पुष, २०७७
डिजिटल संस्करण

तीन सातासम्म चलेको बन्द प्रशिक्षणपछि नेपाली राष्ट्रिय फुटबल टोलीबाट स्टाइकर विमल घर्तीमगरसहित १४ खेलाडी प्रारम्भिक चरणबाट बाहिरिएका छन् । कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सुरुवाती चरणमा ५८ खेलाडी राखी प्रशिक्षण गराएका थिए ।

शुक्रबार एन्फाले दोस्रो चरणमा ४४ खेलाडी छनोट भएको जनाएको छ । प्रशिक्षणको क्रममा विमल घाइते भएका थिए । विमल उपचार गर्न कतार जाने तयारीमा छन् । यसकारण उनी पहिलो चरणबाट बाहिरिएका हुन् । टोलीबाट बाहिरिने अन्य खेलाडीमा अधिकांश खेलाडी पहिलोपटक बन्द प्रशिक्षणमा परेका थिए । 

गोलरक्षक देव लिम्बू । डिफेन्डर रन्दीप पौडेल र अमित तामाङले दोस्रो चरणमा स्थान बनाउन सकेनन् । यसैगरी मडफिल्डरबाट जय गुरुङ, नितिन थापा र रजत तिवारी बाहिरिएका छन् । पाँचजना स्ट्राइकर पनि पहिलो चरणबाट बाहिरिएको एन्फाले जनाएको छ । दीपेश आलेमगर, राजेश परियार, प्रेजेन तामाङ, रेजिन सुब्बा र राजीव लोप्चन दोस्रो चरणमा रहेका छैनन् ।

विक्रम राना र विमल राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् । लामाको उपचार एन्फाले कतारमा गर्ने निर्णयसमेत गरिसकेको छ । प्रशिक्षणको क्रममा घाइते बनेका सुमन अर्याल फिट भए फेरि प्रशिक्षणमा फर्कन सक्नेछन् । डिफेन्डर सुमन अर्याल घाइते भएकाले हाललाई टोलीबाट बाहिर राखिएको छ । सुमन फिट भए टोलीमा फर्कन सक्छन् । नेपालले सन् २०२१ को मार्चदेखि घरेलु मैदानमा ३ खेल खेल्नेछ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले समूह ‘बी’मा छ । घरेलु मैदानमा नेपालले चाइनिज ताइपेई र अस्ट्रेलियासँग मार्चमा खेल्नेछ भने जोर्डनसँग जुनमा खेल्नेछ ।

अन्तिम ४४ खेलाडी

गोलरक्षक : किरण कुमार लिम्बू, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की 

डिफेन्डर : देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, सरोज दाहाल, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दलेन लोक्तान 

मिडफिल्डर : रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, सुनील बल 

स्ट्राइकर : अभिषेक रिजाल, जर्जप्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, अन्जन विष्ट, आशिष लामा 

See More On

सुझावित समाचार