बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रचण्ड–नेपाल पक्षका ४५ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
बागमती प्रदेशसभामा १ सय १० जना सदस्य छन्। प्रदेशसभामा नेकपाका ८० जना छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका २२, विवेकशील साझा दलका ३, राप्रपाका २, नेमकिपा २ र स्वतन्त्र सांसद् १ जना छन् । नेकपाका ८० सांसदमध्ये ओली पक्षका ३४ र प्रचण्ड–नेपाल पक्षका ४६ जना छन् ।