‘किसानको जिन्दगी, नारीको इज्जत र फौजीको ज्यानबाहेक सबै महँगो छ देशमा’ [तस्बिरहरू]

शनिबार, ४ पुष, २०७७
डिजिटल संस्करण

काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसानको आन्दोलन आज सातौँ दिनमा प्रवेश गरेको छ । 

काठमाडौंमा चिसो बढ्दै जाँदा किसानको आन्दोलन भने सशक्त बन्दै गएको छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र प्रमुख प्रतिपक्षी दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनस्थलमा गएका ऐक्यबद्धता जनाए । 

किसानलाई सम्बोधन गर्दै मन्त्री भट्टले शनिबार बैंक खोल्न लगाएर भए पनि पैसा पठाउने र भोलि नै किसानको हात–हातमा पैसा पर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री भट्टका अनुसार आज किसानको हातमा पैसा पर्ने दिन हो । तर, उनीहरू अघिल्लो दिनजस्तै काँधमा हलो र हातमा उखु लिएर सडकमै आएका छन् । उनीहरूलाई साथ दिन आज एमआरआर र हन्ड्रेड समूह पनि सडकमा आएको छ । 

सुझावित समाचार