देशभरका उखु किसान पाँच दिनदेखि चिनी उद्योगहरूबाट लिनुपर्ने रकम उठाउन आन्दोलनरत छन् ।

आइतबारदेखि नेपालको राष्ट्रिय झण्डा, हलो, उखु तथा विभिन्न मागसहितका व्यानर बोकेर उनीहरु काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् ।

शान्तिपूर्ण आन्दोलनबाट आफ्ना माग पूरा नभए सशक्त आन्दोलनमार्फत आफ्नो पसिनाको मूल्य लिएरै घर फर्कने अडानमा राखेका छन् उनीहरुले ।

आन्तरिक किचलोमा अल्मलिएको सरकारले उनीहरुको माग सुनेको छैन । उल्टै बिचौलियाको आन्दोन भएको प्रतिक्रिया दिएरपछि उनी आक्रोशित बनेका छन् ।









