मुक्तिनाथ विकास बैंकले बैंकको लोगोको प्रतीक सार्वजनिक गरेको छ । बैंकले ‘मुक्ति भाइ’ नामक नयाँ ब्रान्ड मस्कट सार्वजनिक गरेको हो ।
आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्रान्ड बनाएर आफ्ना विभिन्न सेवा–सुविधा, प्रडक्टहरूको प्रचारप्रसार गर्ने जनाएको छ ।
बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले संयुक्त रूपमा एक कार्यक्रममार्फत बैंकको मस्कट सार्वजनिक गरेको जनाइएको छ । विकास बैंकले १ सय ३८ शाखामार्फत विभिन्न अत्याधुनिक सुविधासहितको सेवा दिइरहेको जनाएको छ ।