साख्वाको प्रेरणादायी कामबाट धेरै सिक्न सकिन्छ : सभामुख सापकोटा

आइतबार, २१ मंसिर, २०७७
डिजिटल संस्करण

सभामुख अग्निप्रसाद सापकोटाले समाजसेवी शंखधर साख्वाले तत्कालीन समयमा गरेका कामबाट अहिले पनि उत्तिकै प्रेरणा मिल्ने बताएका छन् । 

आज ‘नेपाल संवत् विशेषांक’को अनावरण गर्दै सभामुख सापकोटाले देशभक्ति र समाजसेवामा साख्वाबाट धेरै सिक्न सकिने चर्चा गरेका हुन् । 

प्रस्फुटन नेपाल मिडिया एन्ड पब्लिकेसन प्रा.लि. ले नेपाल संवत् ११४१ को अवसरमा ‘नेपाल संवत् विशेषांक’ प्रकाशन गरेको हो । 

‘नेपाल संवत् विशेषांक’मा राष्ट्रिय विभूति शंखधर साख्वाले तत्कालीन समयमा गरेको योगदान र सञ्चालनमा आएको नेपाल संवतका विषयमा लेखिएको छ । 

सुझावित समाचार