मालपोतका सुब्बा र कार्यालय सहयोगी तीन लाख घुससहित पक्राउ

शुक्रबार, ५ मंसिर, २०७७
डिजिटल संस्करण

मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालय र नेपालगन्ज कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई तीन लाख २० हजार घुससहित पक्राउ गरेको जनाएको छ । 

उनीहरूले सेवाग्राहीबाट जग्गा नापजाँच गरी पुर्जा बनाइदिने भन्दै उक्त रकम घुस लिएका थिए । 

उनीहरू शुक्रबार अर्थात् आज पक्राउ परेका अख्तियारले जनाएको छ । 

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने अख्तियारले जनाएको छ । 

सुझावित समाचार