लायन्स क्लबले निःशुल्क मधुमेह जाँच तथा परामर्श दिने

मंगलबार, २५ कार्तिक, २०७७
डिजिटल संस्करण

विश्व मधुमेह दिवस १४ नोभेम्बरको अवसर पारेर लायन्स क्लब अफ काठमाडौं समर्पणले निःशुल्क मधुमेह क्याम्प सुरु गरेको छ । क्लबले मंसिर ५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म के–ल्याब टंगालमा सञ्चालन गरिरहेको हो ।  

सम्पूर्ण सुरक्षा मापदण्ड अपनाई निःशुल्क मधुमेह जाँच एवं मधुमेह मात्रा उच्च रहेका व्यक्तिको निःशुल्क एचविएवानसी जाँच सेवा, मधुमेह थाइराइड र हर्मोन रोग विशेषज्ञ डा. दीना श्रेष्ठबाट निःशुल्क परामर्श सेवा प्रदान गरिने क्लबले जनाएको छ ।

नेपालसहित विश्वभर ९ प्रतिशत मानिस मधुमेहबाट प्रभावित छन् । लगभग ५० प्रतिशत मानिसलाई मधुमेह रोग भएको थाहा पनि नहुने देखिएकाले यो सेवा दिन लागिएको जनाइएको छ । 

सुझावित समाचार