संघीय सांसदहरुका लागि सुधारिएको लाेगाे तयार

बिहिबार, १३ कार्तिक, २०७७
डिजिटल संस्करण

संघीय सांसदहरुका लागि सुधारिएको लाेगाे तयार भएको छ ।

संसद सचिवालयले गत साउन अन्तिमतिर लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नयाँ नक्सा समेटिएको लागाे तयार पारेको भए पनि त्यो विवादमा आएपछि पुन त्यसलाइ सुधारिएको हो ।

त्यसबेला बनाइएको लाेगाे कलात्मक हिसावले निकै कमजोर र गुणस्तरको हिसावले पनि निकै कमसल भएपछि चौतर्फी आलोचना भएको थियो । 

साउनमा बनाइएको लोगो भद्दा भएपछि अधिकांश सांसदहरुले लगाउन अस्विकारसमेत गरेका थिए । सामाजिक सञ्जालमा पनि उक्त लाेगाेलाई लिएर निकै आलोचना भएको थियो ।

लोगोको आलोचना भएपछि संसद सचिवालयले २ भदौमा बनाउने जिम्मा लिएको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई नै फिर्ता गरेको थियो । 

अहिले पुन: घरेलु उद्योगले नै उक्त अर्काे लाेगाे तयार पारेको हो । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन ‘सुधारिएको लाेगाे आएको छ । केही माननीयहरुले लगाई पनि सक्नुभयो । अब माननीयहरुले संसद सचिवालयबाट लैजान सक्नुहुन्छ ।’

पहिला आलाेचित भएकाे व्याज

सुझावित समाचार