रअ प्रमुखसँग प्रधानमन्त्रीको वार्ता आपत्तिजनक ः भीम रावल

बिहिबार, ६ कार्तिक, २०७७
डिजिटल संस्करण

सत्तारुढ नेकपाका नेता भीम रावलले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेट कूटनीतिक मर्यादाविपरीत र आपत्तिजनक भएको बताएका छन् ।

सत्तारुढ दलकै नेता रावलले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गरेकोमा सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका हुन् । 

सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाविपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कूटनीतिक मर्यादाविपरीत छ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गोयल र प्रधानमन्त्री ओलीबीच बुधबार बेलुका प्रधानमन्त्रीनिवास बालुवाटारमा शिष्टाचार भेट भएको पुष्टि गरेका छन् । 

नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।

— Bhim Rawal, PhD (@BhimRawal179) October 22, 2020

 याे पनि पढ्नुहाेस 

‘रअ’का हाकिमसामु राष्ट्रवादको हरिबिजोग

सुझावित समाचार