आइतबार दिनभर

आइतबार, २ कार्तिक, २०७७
डिजिटल संस्करण

आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया पुऱ्याइएका नेपाली कामदार उद्धारको प्रतीक्षामा
धनकुटाका मणिकुमार राई (३४ वर्ष) करिब एक वर्षअघि रोजगारीका लागि कम्बोडिया पुगे । सहपाठी साथीका भिनाजु नाता पर्ने हरिकुमार राईले कम्बोडियामा राम्रो जागिर पाइने बताएपछि उनी लोभिएका थिए । धनकुटामै निर्माणसम्बन्धी काम गर्दै आएका मणिकुमारलाई भोजपुरका हरिकुमारले कम्बोडियामा सोही क्षेत्रमा काम गर्दा नेपालभन्दा राम्रो आम्दानी हुने भन्दै फकाएका थिए ।

सरकारले भोलिबाट प्रतिकिलो पाँच सय ५० रुपैयाँमा खसीबोका बिक्री गर्ने, व्यापारीको भन्दा किलोमै ५० रुपैयाँ सस्तो
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारबाट काठमाडौं उपत्यकामा खसी, बोका बिक्री सुरु गर्ने भएको छ । संस्थानले बजार मूल्यभन्दा प्रतिकिलो कम्तीमा ५० रुपैयाँ सस्तोमा बिक्री मूल्य निर्धारणसमेत गरेको छ । संस्थानको थापाथलीस्थित कार्यालयबाट खसी, बोका बिक्री हुनेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नेत्रप्रसाद सुवेदीका अनुसार सोमबारबाट बिक्री हुने खसी, बाेकाको मूल्य प्रतिकिलो पाँच सय ५० रुपैयाँ तोकिएको छ । 

पृतनापतिहरूको बैठकमा प्रधानमन्त्रीले भने– सेनालाई आधुनिकीकरण गर्न सहयोग गर्छाैँ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको आधुनिकीकरण योजनामा नेपाल सरकारले पूर्ण सहयोग गर्ने वचन दिएका छन् । आइतबार सुरु भएको पृतनापतिहरूको समन्वयात्मक बैठकलाई सिंहदरबारबाट भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेनामा पद्धति र प्रणाली कार्यान्वयनमा पनि सघाउने आश्वासन दिएका हुन् । सेनाले आधुनिकीकरणका लागि पृतनाभन्दा माथि कमान्डस्तरीय संरचनाको तयारी गरिरहेका वेला प्रधानमन्त्रीले सघाउने वचन दिएका हुन् ।

अब कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा
सरकारले अबदेखि कोरोना (कोभिड– १९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रूपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अतिअपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने बताएका हुन् । 

संक्रमित थप १२ जनाको निधन, अहिलेसम्म सात सय ३९ जनाकाे निधन
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२ जनाको निधन भएको छ । योसमेत आइतबारसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या सात सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१० सचिवको सरुवा
सरकारले १० सचिवको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आइतबार उनीहरूलाई पत्र दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत यादव कोइरालालाई संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । सो मन्त्रालयमा कार्यरत केदार अधिकारीले दुई साताअघि अवकाश पाएका थिए ।

१२ दिनसम्म पनि आएन कोरोना परीक्षणको रिपाेर्ट
गौरादह– ३ का व्यवसायी दिलीपकुमार भण्डारीले कोरोना परीक्षणका लागि स्वाब दिएको १२ दिन भयो । उनको रिपाेर्ट अझै आएको छैन । ज्वरो, खोकी, शरीर थकान, हातखुट्टा करकर खानेजस्ता लक्षण छन् । अहिले पनि उनी पूर्ण रूपमा स्वस्थ भइसकेका छैनन् । घरमै ‘आइसोलेट’ भएर बसेका छन्, भण्डारी ।

गस्तीमा गएका प्रहरीको हत्या घटना : उखुबारीमा हत्या गरेर नदीमा शव फालेको प्रहरीको निष्कर्ष, शंकास्पद ११ जना नियन्त्रणमा
धनगढी उपमहानगरपालिका– १२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टबाट गस्तीमा गएका प्रहरीको हत्या भएको घटनामा प्रहरीले स्थानीय ११ जनालाई नियन्त्रणमा लिएको छ । विगतमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका र उक्त नाकाबाट सामान तस्करी गर्ने पृष्ठभूमि भएका ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

न्यायपरिषद् सदस्यका लागि १७ वरिष्ठ अधिवक्तासहित ३३ जना दौडमा 
न्यायपरिषद्को रिक्त सदस्य पदमा नियुक्तिका लागि नेपाल बार एसोसिएसनमा ३३ जनाले आफ्नो नाम बुझाएका छन् । जसमा १७ जना वरिष्ठ अधिवक्ता छन् ।  असोजमध्यमा बारबाट न्यायपरिषदमा प्रतिनिधित्व गर्ने रामप्रसाद सिटौला पदमुक्त भएपछि उक्त पद रिक्त छ । बारले पहिलोपटक आफ्नो कोटामा पर्ने सदस्य नियुक्तिका लागि बायोडाटासहित आवेदन मागेको हो । जसमा ३३ जनाले आवेदन दिएको बार एसाेसिएसनका महासचिव लीलामणि पौडेलले बताए ।  

थाइल्यान्डका युवा यसकारण उत्रिए राजतन्त्रविरुद्ध
थाइल्यान्डमा राजतन्त्र वा राजसंस्थासम्बन्धी युवामा देखिएको मतभेदले राजसंस्थाप्रतिको विश्वासलाई धक्का दिइरहेको छ । पुस्तान्तरणका कारण बाबु र छोराबीच नै राजतन्त्रबारे व्यापक असहमति देखिन थालेको छ । युवा पुस्ताले राजतन्त्रको परिवर्तन चाहेको छ । पुरानो पुस्ता भने राजतन्त्र नै थाइल्यान्डको सान भन्दै आइरहेको छ । ‘मेरो बुबा मलाई सधैँ भन्नुहुन्छ, राजतन्त्र राष्ट्रको खम्बा हो,’ १९ वर्षीय डानैले भने, ‘बुबा सधँै हाम्रा राजारानीको तस्बिरअंकित लुगा लगाउनुहुन्छ ।’ 

सुझावित समाचार