काठमाडौं उपत्यकामा थपिए नौ सय दुई संक्रमित

बुधबार, १४ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा बुधबार थप नौ सय दुईजनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ६ सय ९७ जना, ललितपुरमा एक सय १२ जना र भक्तपुरमा ९३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर बुधबार १५ सय ५९ जनामा संक्रमण पुष्टि भएकाे छ । यो अवधिमा एक हजार ५७ जना निको भएर डिस्चार्ज भएका छन् । 

सुझावित समाचार