रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको बाढीपछिको उद्धार तथा राहतका लागि मटिहानी नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। सोमबार बसेको नगर कार्यसमिति बैठकले सो निर्णय गरेको हो।
बैठकले मृतकलाई श्रद्धाञ्जली दिँदै बेपत्ताहरूको सकुशल उद्धार तथा फिर्तीको कामना गरेको छ। नगरप्रमुख हरिप्रसाद मण्डलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिने जानकारी दिए।
नगरप्रमुख मण्डलले सम्पर्कविहीन रहेका मटिहानी– ७ का ४० वर्षीय गंगाराम मण्डलसहित अन्यको खोजीका लागिसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।