मन्थली नगरपालिकाले मन्थली– ६ भटौली स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव (सहायक स्तर पाँचौँ) पदमा कार्यरत सुमित्रा श्रेष्ठलाई मंगलबार बर्खास्त गरेको छ।
भटौली स्वास्थ्य चौकीमा कार्यरत अहेव श्रेष्ठले नगरपालिकाबाट बिदा स्वीकृत नै नगराई ९० दिनसम्म कार्यालयमा अनुपस्थित रहेको र सोबारे सोधिएको स्पष्टीकरणको समेत बेवास्ता गरेपछि बाध्य भएर बर्खास्त गर्नुपरेको मन्थली नगरपालिकाका उपसचिव हेमन्तकुमार बुढाथोकीले जानकारी दिए।
उनले भने, ‘बागमती प्रदेश सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ११८ को (ग) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी कार्यालयको मिति २०८०/०६/१९ को निर्णयअनुसार सेवाबाट बर्खास्त गरिएको छ।’