पाल्पा पहिराे : बेपत्ता भएका पाँचैजनाको शव भेटियो

शनिबार, १० असोज, २०७७
डिजिटल संस्करण

पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोटमा बिहीबार बिहान पहिराेले घर पुरिँदा बेपत्ता भएका पाँचैजनाको शव भेटिएको छ । गएराति थप दुईजनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीनजनाको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीका अनुसार घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको गएराति शव भेटिएको हो । शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले जानकारी दिए । 

ठूलो पानी परेकाले बिहीबार खोजीकार्य हुन सकेको थिएन । वर्षा कम भएसँगै शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य तीव्र भएपछि शव भेटिएको हो ।     

सुझावित समाचार