ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

आइतबार, ४ असोज, २०७७
डिजिटल संस्करण

दैलेखको नौमुले गाउँपालिकाको मालुभिरमा ट्याक्टर दुर्घटना हुँदा चालक कविराम पुरीको घटनास्थलमै मृत्यु भएको छ । 

दैलेख नौमुले सडक निर्माण कार्यका लागि प्रयोग गरिएको ना.७त १२१६ नम्बरको ट्याक्टर आइतबार दिउँसो ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । 

सहचालक नौमुले गाउँपालिका नन्द बस्नेत घाइते छन् । उनको उपचार नौमुले स्वास्थ्य केन्द्रमा भइरहेको छ । 

ढुंगा ओसारपसार गरिरहेको ट्याक्टर सडकबाट दुई सय मिटर तल खसेको थियो ।

दैलेखको दुल्लु नगरपालिका– ९ धामीगाउँका मृतक पुरीको शव पोस्टमार्टमका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख ल्याउने तयारी भएको छ । 

घटनाको अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगिसकेको छ । 

सुझावित समाचार