नेपाल आउँदै गरेको रेलकाे प्रतीक्षा [फोटोफिचर]

शुक्रबार, २ असोज, २०७७
डिजिटल संस्करण

नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरेकाे दुईवटा ब्रोडगेज रेल शुक्रबार जनकपुर आउँदै छ । कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा थन्किएका थिए । 

अहिले दुवै देशमा यातायात सञ्चालन भएपछि परीक्षणका लागि रेल नेपाल ल्याउन लागिएको हो । बिहीबार जयनगर पुगेको रेल शुक्रबार जनकपुर पुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए ।

रेल नेपाल आउने प्रतीक्षामा अहिले जनकपुरस्थित रेल्वे स्टेसनमा स्थानीयहरूको बाक्लो भिड लागेको छ ।  

सुझावित समाचार