ट्याक्सीमा चरेस राखेर बेच्न हिँडेका दुई युवक स्वयम्भूबाट पक्राउ

शनिबार, २७ भदौ, २०७७
डिजिटल संस्करण

१० किलो चरेससहित स्वयम्भूबाट दुई युवक पक्राउ परेका छन् । धादिङको नौबिसे घर भएका २७ वर्षीय सागर लामा र काठमाडौं नैकापका २२ वर्षीय सुवर्ण पौडेल पक्राउ परेका हुन्

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोबाट खटिएको विशेष टोलीले उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो । 

बा.२ज ५७०९ नम्बरको ट्याक्सीमा चरेस राखेर बिक्री गर्न लैजाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकालाई सशस्त्रको टोलीले थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ ।

सुझावित समाचार