कटुवा पेस्तोलसहित एक युवा पक्राउ

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

कञ्चनपुरको बेलौरी नगरपालिका– १० भुडाका एक युवा हतियारसहित पक्राउ परेका छन् । 

सोमबार बिहान भुडाका २४ वर्षीया युवक खुसीराम चौधरीलाई सशस्त्र प्रहरीले हतियारसहित पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रहरी नायब उपरीक्षक देवबहादुर चन्दले चौधरीको साथबाट कटुवा पेस्तोलसहित दुई राउन्ड गोली बरामद भएको जानकारी दिए । 

बोर्डर आउट पोस्ट भुडाका सशस्त्रको टोलीले नेपाल भारत सीमावर्ती क्षेत्रबाट चौधरीलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सुझावित समाचार