लागुऔषध तस्करी गर्ने दुई पक्राउ

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

मोरङको सुनबर्सी नगरपालिका– ८ बाट  लागुऔषध तस्करी गर्ने  दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनबर्सी– ४ का १९ वर्षीय सञ्नु गनगाईं र सुनबर्सी– ८ का १८ वर्षीय भीमकुमार मण्डल छन् । 

दुवैजनालाई आइतबार बिहान ११ बजे उनीहरु सवार मोटरसाइकलमा लुकाएर ल्याएको ६ बाेतल सिरप र एक सय ९० वटा गोटी  लागुऔषधसहित पक्राउ गरेको इलाका प्रहरी रंगेलीले जनाएको छ ।     
 

सुझावित समाचार