राष्ट्रिय निर्देशन ऐन पालना नगरेको भन्दै गृह मन्त्रालयले गर्‍यो एनप्याब्सनलाई निलम्बन

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौ‌ं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।

गृह मन्त्रालयका अनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिइएको निर्देशन पटक–पटक पालना नगरेको तथा संस्थाका पदाधिकारीले स्वीकृत विधान र मूल उद्देश्यविपरीतका गतिविधि गरेको पाइएपछि निलम्बन गरिएको हो।

मन्त्रालयले गत असोज २३ गते सरोकारवालासँग छलफल गरी निर्देशन पालना गर्न आग्रह गरे पनि त्यसको कार्यान्वयन नभएकाले ऐनको दफा ६ को उपदफा (२) बमोजिम निलम्बनको निर्णय गरिएको जनाएको छ।

मन्त्रालयले जारी गरेको सूचनामार्फत उक्त निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराएको छ।

सुझावित समाचार