धर्मभित्रका विकृतिबारे बोल्दा धर्म परिवर्तनको आरोप लाग्ने गरेको आशिका तामाङको भनाइ

बुधबार, ५ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । सांसद आशिका तामाङले धर्मभित्रका विकृति र विसंगतिबारे बोल्दा आफूलाई फरक–फरक धार्मिक पहिचानसँग जोडेर आरोप लगाउने गरिएको बताएकी छिन् ।

उनले नेपाली क्रिश्चियन समुदायभित्रका विकृतिविरुद्ध बोल्दा आफूलाई हिन्दुवादी भनिएको र हिन्दु धर्मभित्रका विकृति सुधार गर्नुपर्छ भनेर बोल्दा फेरि क्रिश्चियन भएको आरोप लगाइएको उल्लेख गरेकी छिन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै तामाङले समाजमा मिठा र चिल्ला कुरा सबैलाई मन पर्ने भए पनि तितो भए पनि सत्य कुरा स्वीकार गर्ने सामर्थ्य समाजमा कहिले विकास हुने भन्दै प्रश्न गरेकी छिन् ।

‘मिठो, चिल्लो कुरा यो समाजमा सबैलाई मन पर्छ । तर, तितो भए पनि सत्य कुरा हो भनेर पचाउन सक्ने सामर्थ्य यो समाजले कहिलेदेखि राख्छ ?’ उनले प्रश्न गरेकी छन् ।

 

सुझावित समाचार