एनटी फाइबरको सस्तो प्याकेजमा ग्राहकको आकर्षण, अब अनलाइनबाटै सेवा लिन सकिने

सोमबार, ३ कार्तिक, २०८३
डिजिटल संस्करण

नेपाल टेलिकमको एनटी फाइबर सेवाअन्तर्गत सस्तो र उच्च गतिको इन्टरनेट प्याकेजप्रति ग्राहकको आकर्षण बढेको छ। हालै टेलिकमले ४ हजार ९९९ रुपैयाँमै ३० एमबीपीएस गतिको वार्षिक प्याकेजसहित अन्य विभिन्न अफरहरू उपलब्ध गराएको छ।

नयाँ लाइन जडान तथा जानकारीका लागि टेलिकमको १९८ नम्बरमा चाप बढेपछि कम्पनीले अनलाइनमार्फत पनि सेवा अनुरोध र गुनासो दर्ता गर्न सकिने व्यवस्था गरेको छ।

इच्छुक ग्राहकले १९८ मा कल गरेर वा टेलिकमको अनलाइन प्रणालीमा आफ्नो मोबाइल नम्बर प्रयोग गरी लगइन गरेर नयाँ जडानका लागि विवरण पेस गर्न सक्नेछन्।

उक्त प्रणालीमार्फत इन्टरनेट सेवा जडानसम्बन्धी अनुरोध गर्नुका साथै सेवासँग सम्बन्धित अन्य गुनासोसमेत दर्ता गर्न सकिनेछ।

सुझावित समाचार