काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर दुई लाख ९० हजार दुई सय रुपैयाँ कायम भएको छ। आइतबार तोलामा चार सय रुपैयाँले गिरावट भएको सुनको मूल्यमा सोमबार पाँच सय रुपैयाँले वृद्धि भएको हो।
सोमबार चाँदीको मूल्य पनि ८५ रुपैयाँ बढेको छ। आइतबार प्रतितोला चार हजार एक सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार १८५ रुपैयाँमा किनबेच भइरहेको छ।