व्यवसायी साहद्वारा बाढीपीडितलाई ३० लाख रुपैयाँ सहयोग

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । चीनको सांघाईमा व्यवसाय गर्दै आएका राजनारायण साहले भोटेकोशी बाढीपीडितलाई राहत सहयोगस्वरूप ३० लाख नेपाली रुपैयाँ सहयोग गरेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा साहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन्।

विगत साढे तीन दशकदेखि चीनमा रहेका साहले नेपालमा भएका प्राकृतिक विपत्तिका वेला सहयोग उपलब्ध गराउँदै आएका छन्। ११ वर्षअगाडिको भूकम्पको समयमा पनि उनले नेपाल सरकारलाई नगद तथा जिन्सी सहयोग गरेका थिए।

कोभिड महामारीमा पनि उनले ४० लाख रुपैयाँबराबरको अक्सिजन कन्सन्ट्रेटरलगायतका सामग्री बेइजिङस्थित नेपाली दूतावासमार्फत स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेका थिए।

नेपालको तराई क्षेत्रमा हुने शीतलहरमा उनले चीनबाट न्यानो कपडा, ब्ल्यांकेट तथा अन्य सामग्री वितरण गरेर समाजसेवा तथा सहयोगी भाव प्रदर्शन गर्ने साह नेपाली पीडामा मलम लगाउने व्यक्तिका रूपमा परिचित छन्।

सन् १९९१ मा छात्रवृत्तिमा अध्ययन गर्न चीन गएका सिराहाका साह इलेक्ट्रिकल इन्जिनियर हुन्। उनी सांघाईमा स्थापित एनआर इलेक्ट्रिक कम्पनीका प्रबन्ध–निर्देशक हुन्। यस कम्पनीले विश्वव्यापी रूपमा विद्युत्तीय ट्रासफर्मर उत्पादन गरी बिक्री–वितरण गर्दै आएको छ।

सुझावित समाचार