रौतहट । मौलापुर नगरपालिका– २, मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
आइतबार बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा.३७प ९९७७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा तीनजना सवार थिए।
दुर्घटनामा मोटरसाइकलचालक फतुवा विजयपुर नगरपालिका– २, शीतलपुर बस्ने ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी आमा करिब ७० वर्षीया सोमरियादेवी ठाकुर र बुहारी करिब २८ वर्षीया सीमाकुमारी ठाकुर घाइते भएका थिए।
घाइते तीनैजनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी प्रालि अस्पताल लगिएकोमा उपचारका क्रममा बिहान ५ बजे सोमरियादेवीको मृत्यु भएको हो।