निर्वाचनबारे जानकारी दिन कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४:१५ मा पत्रकार भेटघाट गर्दै

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको निर्वाचनसम्बन्धी विषयमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।

समितिका अनुसार आज अपराह्न ४:१५ बजे खुलामञ्चस्थित मिडिया सेन्टरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा कांग्रेस महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया तथा समसामयिक निर्वाचनसम्बन्धी विषयमा जानकारी दिइने जनाइएको छ।

केन्द्रीय निर्वाचन समितिले कार्यक्रममा उपस्थित भई निर्वाचनसम्बन्धी जानकारी लिन सम्पूर्ण सञ्चारकर्मी तथा पत्रकार मित्रहरूलाई अनुरोध गरेको छ।

सुझावित समाचार